हात्ती आक्रमणका घाईते र मृतकका परिवारलाई सहयोग

दोधारा २ पुस । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका र घाईते परिवारलाई मायापुरी मध्यवर्ती सामुदायिक बन माहाकालीले सहयोग प्रदान गरेको छ ।

मृत्यु भएका र घाईते परिवारको घरमै पुगेर सहयोग प्रदान गरिएको मायापुरी मध्यवर्ती सामुदायिक बन माहाकाली–२ का सचिव लोक बहादुर चन्दले जानकारी दिए ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार सम्मलित मायापुरी मध्यवर्ती सामुदायिक बन पदाधिकारीको टोलीले २ जना मृतक र ४ जना घाईतेको परिवारजनलाई भेट गरि मृतक परिवारमा ७ हजार ५ सय र घाईते परिवारजनमा ५ हजार चेक प्रदान गरेको हो ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दुखद घडीमा सबैले सहयोग गरेको बताउदै घट्नाको दिनमा तत्काल माहाकाली नगरपालिका नगर कार्यपालिकाको बैठक बसी माहाकाली नगरपालिका कार्यालयले जंगली हात्तीको आक्रमणबाट मृतक तथा घाईतेलाई तत्काल राहत उपलब्ध गराएको जानकारी गराएका छन् ।

‘आगामी दिन पिडितहरुलाई के गर्न सकिन्छ हामी सरसल्लाह गर्छौं’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने । राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा केन्द्र सरकार संग पहल भईरहेको माहाकाली नगरपालिका नगर प्रमुख सुनारको भनाई रहेको छ् ।

अत्यन्तै दुखद घट्ना भएको बताउदै मृतक परिवारको चिर शान्तीको कामना साथै घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । आक्रमणबाट मृत्यु भएका र घाईतेहरुको परिवारजनको अवस्था समेत बुझेका छन् ।

मायापुरी मध्यवर्ती सामुदायिक बनका सचिव लोक बहादुर चन्दले मृतक तथा घाईते बन समितिका उपभोक्ता समेत रहेको कारण पिडाको बेला थोरै भएपनि दुखमा मलहम लगाउने प्रयास गरिएको बताएका छन् ।

हस्तान्तरण कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, मायापुरी मध्यवर्ती सामुदायिक बनका अध्यक्ष धनसरा चन्द, जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य सिता भण्डारी, मायापुरी मध्यवर्ती सामुदायिक बनका सचिव लोक बहादुर चन्द, नेपाली काग्रेंस नगर कार्य समितिका उपसभापती चन्द्र सिंह बिष्ट, नेपाली काग्रेंस नगर कार्य समितिका सदस्य महेन्द्र सिंह बिष्ट, माहाकाली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलापती भट्ट लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

माहाकाली नगरपालिका कार्यालयले तत्काल मृतक दुई जनाको परिवारलाई क्रिया खर्च बापत ५०/५० हजार रुपैया र ४ जना घाईतेलाई उपचार खर्च बापत जनही २५÷२५ हजार उपलब्ध गराएको हो ।

यस्तै माहाकाली नगरपालिका स्थित रहेको हिमालय मध्यवर्ती उपभोक्ता समिति चा“दनीले समेत उनिहरुलाई सहयोग प्रदान गरेको बताईएको छ् । केही दिन अघि माहाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनबाट बस्ती भित्रिएको जंगली हात्तीलाई धपाउन जादा स्थानीय बसन्ती भट्ट र भुरी बोहराको जंगली हात्तीको आक्रमणले मृत्यु भएको थियो । स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा सा“उद घाइते भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here