उड्दाउड्दैको प्लेनमा जन्मिएको बच्चाको राखियो अनौठो नाम

काठमाडौं । जहाजमा यात्रा गरिरहेको समयमा आकासमै जन्मिएको बच्चाको अनौठो नाम राखिएको छ ।

अमेरिकन एयरलाइन्समा अमेरिकाको टेम्पा सहरबाट पेन्सिलभेनिया जाँदै गर्दा जन्मिएको बच्चाको नाम स्काई राखिएको छ ।

३८ हप्ताकी गर्भवती नेरेडा ट्रेलरले चिकित्सकले दिएको समय भन्दा अगावै जहाजमा यात्रको क्रममा नै छोरीलाई जन्म दिएकी थिईन् ।

यात्रको क्रममा उनलाई प्रसुती पिडाले च्याप्न सुरु गरेको थियो । विमानमा बच्चा जन्मिने क्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए ।

विमानलाई शार्लोट डग्लस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो । अवतरण गरेको केही समयमाती महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा राखिएको नवजात शिशुको नाम के राख्ने भन्ने चर्चा चलिरहँदा अभिभावकहरुले उक्त नयाँ सदस्यको नाम स्काई राख्ने निर्णय गरे र अब उनी स्काई ट्रेलरको नामबाट चिनिने छिन् ।

‘म उनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ नेरेडाले भनिन् ‘सबैजना महान थिए। तिनीहरू मेरो लागि नायकहरू जस्तै थिए। यो अनुभव म सँधै सम्झन्छु।’

आमा र बच्चा अब अस्पतालबाट डिसचार्ज भएसकेका छन् । घर जानु अघि पेन्सल्भेनियामा उनीहरूको परिवार उनीहरुलाई भेट्न आएका थिए । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here