रिभर्स रिपोमार्फत १० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले पुस ३ गते बिहीबार रिभर्स रिपो जारी गरेको हो।

यसमा बिहीबार दिउँसो २ बजे बोलकबोल हुनेछ । रिभर्स रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । यो रिपो पुस १० गते परिपक्क हुनेछ ।

जसअनुसार बैंकहरुले पुस ११ गते सो रकम फिर्ता पाउनेछन्। यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ।

राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा लगानी योग्य पुजीँको अभाव भएमा रिपो जारी गरि वित्तिय बजारमा पैसा पठाउने गर्दछ भने अधिक तरलता भएमा संस्थागत निक्षेप कर्ता तथा व्यक्तिगत निक्षेपकर्ताहरुको निक्षेपको व्याँजदरमा नकारात्मक असर पर्ने हुदाँ रिर्भस रिपो जारी गरि पैसा उठाउने गर्दछ ।

अधिक तरलता न्यूनिकरण गर्न केन्द्रिय बैंकले मौद्रिक औजारको रुपमा रिभर्स रिपो जारी गर्ने गरेको छ। रिपोमा सहभागि संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा ब्याजदर निर्धारण हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ।

के हो रिपो र रिभर्स रिपो ?

रिपो :

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने.रा.बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

रिभर्स रिपो :

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको ने.रा. बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ ।

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितो स्वरूप राख्नु पर्ने व्यवस्था छ ।

रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरिन्छ ।

रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र यस बैंक बीच अनिवार्यरूपमा मास्टर रिपर्चेज एग्रीमेण्टभएको हुनुपर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here