घरजग्गा धितोमै ६४.५ प्रतिशत कर्जा प्रवाह,कृषि उत्पादनमा सुस्त

काठमाडौं, ३ पुस । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये ६४.५ प्रतिशत जग्गा र घरको धितोमा रहेको छ । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५.६ प्रतिशतले बढ्न पुगेको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनको एक तिहाइजति योगदान कृषि क्षेत्रबाट आउने भएपनि बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा लगानी घटिरहेको छ ।

कृषि उत्पादन बढेको वर्ष नेपालको आर्थिक वृद्धिदर पनि उच्च रहने गरेतापनि यस क्षेत्रतर्फ प्रवाहित कर्जा भन्ने केही सुधार भए पनि सन्तोषजनक छैन ।

चालू आर्थिक वर्षको पहिलो ४ महिनाको नेपालको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको प्रवाह हुँदा कृषिमा १३.६ प्रतिशत कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशतले बढेको छ ।

अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ८.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र ओभरड्राफ्ट कर्जा ०.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here