पेप्सी उत्पादक वरुण वेभरेजविरुद्ध राजस्व छलीको मुद्दा

काठमाडौं, ३ पुस । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण वेभरेजविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

वरुण वेभरेजविरुद्ध नक्कली भ्याटबिल जारी गरी ६४ करोड राजस्व ठगेको भन्दै विभागले मुद्दा दायर गरेको हो। नक्कली भ्याट बिलमा बहुराष्ट्रिय कम्पनी विरुद्ध दायर भएको यो ठूलो मुद्दा हो।

वरुण वेभरजे पेप्सी, मिरिन्डा, सेभेन अप लगायत पेय पदार्थ नेपालमा बिक्री गर्दै आएको चर्चित कम्पनी हो । नक्कली भ्याट विल बनाएर राजस्व छलि गरेको शंकामा विभागले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो ।