मेलबर्न स्टार्सद्वारा सन्दिप लामिछानेसहितको टोली घोषणा

काठमाडौं, ४ पुस । मेलबर्न स्टार्सले ब्रिसबेन हिटका विरुद्ध खेलको लागि १३ सदस्यीय टोली घोषणा गरेको छ । यो सिजनमा हुने बिग ब्यास लिगको पहिलो खेलको लागि सन्दिप लामिछानेसहितको टोली घोषणा गरेको हो ।

मेलबर्न स्टार्सले डिसेम्बर २० तारिखका दिन शुक्रबार साँझ गोल्डकोस्टस्थित मेट्रिकन रंगशालामा हुन लागेको पहिलो खेलका लागि मेलर्बन स्टार्सले ब्रिसबेन हिटका विरुद्ध खेल खेल्दैछ ।

ग्लेन म्याक्सवेलको कप्तानीमा रहने उक्त टोलीमा नेपाली क्रिकेटर सन्दिप लामिछाने पनि रहेका छन् । सन्दिप लामिछाने दोश्रोपटक मेलबर्न स्टार्सबाट बिग ब्यास लिग क्रिकेट खेल्नका लागि मेलबर्न आइपुगेका हुन् ।

सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्स टोलीका अन्य सदस्यहरूमा हिल्टन क्याटराइट, न्याथन कुल्टर–निल, बेन डंक, पिट ह्याण्ड्सकम्ब, क्लिन्ट हिनक्लिफ, निक लारकिन, निक म्याडिनसन, ह्यारिस राउफ, मारकस स्टोइन्स, ड्यानियल वरल र एडम जाम्पा रहेका छन् । अन्तिम ११ खेलाडी भने खेलअघि मात्रै घोषणा गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here