भारतमा फ्लाइट क्यान्सिल भए २० हजार भारुसम्म जरिवाना, नेपालमा के हुन्छ ?

काठमाडौं, ४ पुस । तपाईं नियमित हवाई यात्रा गर्ने यात्रु हुनुहुन्छ भने हवाई यात्राका दौरान हुने धेरै नियम तथा प्रावधान तपाईलाई थाहा हुनुपर्छ ।

तर, आकल–झुकलमात्र हवाई यात्रामा निस्कनु हुन्छ भने धेरै विषय थाहा नहुन सक्छ । यस्तै एक प्रावधान उडान रद्दका विषयमा पनि रहेको छ ।

तपाईं कुनै गन्तब्यमा जान हवाईजहाजको टिकट काट्नु भयो । हवाईजहाज उड्यो तर, उसले तपाईलाई सो उडानमा लैजान असमर्थ भयो भने एक घण्टा भित्र अर्को व्यवस्था गरी अर्को गन्तब्यमा पुर्‍याउनुपर्छ ।

सामान्तयता हरेक वायुसेवा कम्पनीले व्यस्त गन्तब्यमा ओभर बुुकिङ गरेका हुन्छन् । ९० सीट क्षमताको जहाजमा ९५ सीटसम्म काटिएको हुन्छ । यसको मतलव कुनै यात्रुले कारणवश टिकट रद्द गरे सीट खाली नहोस भन्ने हो ।

तर, कुनै दिन सबै टिकटवाला आए भने ५ यात्रुले सीट पाउँदैनन् । यस्तो अवस्थामा हवाईजहाज कम्पनीले नै एक घण्टा भित्र अर्को व्यवस्था गरी यात्रुलाई उडाउनु पर्छ ।

भारतमा यदि तपाईको यात्रा हवाईजहाज कम्पनीका तर्फुबाट रद्द भयो भने २० हजार भारु (३२ हजार नेपाली रुपैयाँ)सम्म जरिवानाको दावि गर्न सकिने प्रावधान छ ।

तपाईं विमानस्थलमा आइसकेपछि तपाई रहने र खाने व्यवस्था पनि वायुसेवा कम्पनीको तर्फबाटै हुनुपर्छ । नेपालमा भने जति पटक रद्द भएपनि वायुसेवा कम्पनीले यात्रुको वास्ता गर्दैनन् ।

अन्तर्राष्ट्रिय उडानका यात्रुलाई भने नेपालमा समेत आफ्नो कारणले उडान रद्द भएमा कम्पनीले होटेलमा राख्ने भने गरेका छन् । तर, रद्द हुँदा गरिने दाविमा भने नेपालमा अझै कानून बनिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here