पहिलो ओभर नै महंगो बलिङ गरेका सन्दीपले लिए अन्तिम ओभरमा विकेट

काठमाडौं, ४ पुस । अस्ट्रेलियन बिग बास टी–२० लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विकेट लिएका छन् ।

पहिलो ओभरमा सन्दीप महङ्गो सावित भएपनि आफ्नो अन्तिम ओभरमा विकेट लिएका छन् ।

आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दिपले ब्रिसबेनका बेन कटिङलाई आउट गराएका हुन्। ओभरको तेस्रो बलमा कटिङ सन्दीपको बलिङमा बेन डंकको हातबाट क्याच भए।

सन्दीपले ब्रिसबेनविरुद्धको आफ्नो पहिलो ओभर नै महंगो फालेका थिए। उनले पहिलो ओभरमा ४ बााउन्ड्रीसहित १९ रन दिएका थिए। भने दोस्रो ओभरमा ६ रन खर्चिएका थिए । बाँकी ओभर सम्हालिएर बलिङ गर्दै मात्र ३८ रन दिँदै एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here