नेपाल प्रहरीका २४ एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं, ४ पुस । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले पुस महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीमा खान पाउने गरि सरुवा गरेको जनाएको छ ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ। झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।

त्यस्तै, कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।

प्रदेश ट्राफिक कार्यालय बारामा भने श्याम कुमार महतोलाई पठाइएको छ। चितवनका दानबहादुर मल्लको बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ भने स्याङ्जामा जनर्दन जिसीलाई पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here