गोरखा चाइनिज इटाको माग देशैभर

काठमाडौं, ४ पुस । गोरखा इको रेड ब्रिक्स प्रालिले बनेपाको बासडोलमा उत्पादन गरेको गोरखा चाइनिज इटाको माग देशैभर हुन थालेको छ । उत्पादन सुरु भएको केही समयमै देशैभरबाट इटाको माग सुरु हुन थालेको कम्पनीले जनाएको छ ।

टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटा हालसम्म प्रदेश २ को वर्दिवास र मुडे, प्रदेश ३ को चरिकोट, प्रदेश ४ को पोखरालगायतका ठाउँंहरुमा आपूर्ति भइसकेको कम्पनीले जनाएको छ ।

इटाको माग देशभर हुन थालेपछि कम्पनीले मुख्यमुख्य सहरहरुमा डिलरमार्फत इटाको विक्रीवितरण गर्ने योजना बनाएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले इटाको आपूर्ति देशभर गर्नका लागि डिलरहरु आह्वान गर्न लागेको जानकारी दिए । हाल सिधै कारखानाबाटै देशैभर आपूर्ति भइरहेको कम्पनीले जनाएको छ ।

बनेपाको बासडोलबाट इटाको आपूर्ति काठमाडौ उपत्यकाभित्र र उपत्यका बाहिर गर्दा भाडादरमा तात्विक भिन्नता नआउने कम्पनीले जनाएको छ । साधारणतया काठमाडौं उपत्यकाभित्र सानो गाडीमा इटा आपूर्ति गर्दा प्रतिगोटा दुई रुपैयाँं भाडा लाग्छ भने काठमाडौं बाहिरका सहरहरु पोखरा तथा वर्दिवासमा प्रतिगोटा तीन रुपैयाँं ५० पैसा मात्रै भाडा लाग्ने जनाइएको छ । यो भनेको काठमाडौंमा भन्दा प्रतिगोटा एक रुैपैयाँं ५० पैसा मात्रै महँंगो हो ।

काठमाडौं उपत्यकामा इटाको आपूर्ति सानो गाडीले गर्ने गर्दछ भने उपत्यकाबाहिर आपूर्ति गर्दा काठमाडौंमा सामान लिएर आएका खाली जानुपर्ने ठूला आठ हजार वटा इटा बोक्ने ट्रकहरुबाट हुने गर्दछ । यसो हुँंदा उपत्यकाबाहिर पनि कम भाडामा इटा पुग्न सकेको हो ।

कम्पनीले प्रतिगोटा करबाहेक १४ रुपैयाँंमा इटा वेचिराखेको जनाएको छ । यो इटाको आकारप्रकार चिटिक्क मिलेर आकर्षक भई फेसवालको रुपमा लगाउन मिल्ने भएकाले यसको माग देशभरिबाट हुन थालेको कम्पनीको दावी छ ।

टनेल क्लिनबाट बन्ने इटामा इन्धनको रुपमा कोइलाको धुलो पहिला नै माटोमा मिसाइने भएकोले यो इटा पाकेर निस्कँंदा खरानीको धर्का रहने गर्दछ । विश्वव्यापी रुपमा नै टनेल क्लिनबाट उत्पादित खरानीको धर्साँयुक्त इटालाई डेकोरेटिभ वालको रुपमा प्रयोग हुँदै आएको छ ।

यो इटाको साइज साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ ।

यसको कम्प्रेसिभ स्टेन्थ १० मेगा पास्कल भन्दा माथि रहेको टेष्टको क्रममा देखिएको थियो । यो इटाको साइज ठूलो भएको कारणले गर्दा एक घनमिटर वाल लाउँंदा चार सय ८५ वटा मात्रै इटा लाग्ने कुरा कम्पनीले जनाए ।

जवकि साधारण इटाबाट एक घनमिटर वाल लगाउँंदा पाँच सय ५० वटा इटा लाग्ने गर्दछ । वाल लगाउँंदा सर्फेस प्लेन हुनाले सिमेन्ट मोर्टारको मात्रा ३० देखि ४० प्रतिशतले कम मात्रै भए पुग्ने गर्दछ । यो इटा एकैनासको हुन कारणले गर्दा प्लाष्टर गर्नुपर्दा २० देखि ३० प्रतिशत सिमेन्ट मोर्टार वच्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here