शेयर बजारमा झिनो सुधार, साढे ३७ करोडको कारोबार

काठमाडौं, ६ पुस । साताको पहिलो दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । आइतवार नेप्से परिसूचक १.१७ अंकले बढेर १ हजार १ सय ५०.८१ अंकमा पुगेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले घटेर २ सय ५१.५९ अंकमा झर्यो ।

आइतवार होटल, विकास वैंक, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र समुहिक लगानी कोष समुहको सूचक बढ्यो भने बैंकिङ्ग, ट्रेडिङ, जलविद्युत, फाइनान्स, जीवन बिमा र निर्जीवन बिमा समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक ३.२६ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको २.५५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.८५ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६७ कम्पनीको १४ लाख ८८ हजार ३ सय ४ कित्ता शेयर किनबेच हुँदा ३७ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै सिवम शिमेन्टका शेयर धनीले कमाए । शिवमको शेयर मूल्य ९.७६ प्रतिशत बढ्यो । त्यस्तै, पाँचथर पावर कम्पेन्टको ९.६२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्सका शेयर धनी छन् । नेपाल फाइनान्सको शेयर मूल्य ९.८१ प्रतिशत घट्यो । त्यस्तै, अरुण काबेली पावरको ६.६६ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार शिवम सिमेन्ट कम्पनीले गर्यो । कम्पनीले ४ करोड ७६ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here