काठमाडौं संस्करणको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला सम्पन्न

काठमाडौं, ६ मंसिर । काठमाडौंको प्रेसिडेन्टियल विजनेश स्कुलमा शुक्रबारबाट आयोजित आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार सम्पन्न भएको छ ।

मेलामा ५० भन्दा बढि स्टार्टअप कम्पनीहरुले विभिन्न नया प्रडक्टहरु प्रदर्शनमा राखेका थिए । कार्यक्रममा इमर्जिङ टेक्नोलोजिजका विभिन्न विषयमा वर्कशप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स समेत आयोजना गरिएको थियो ।

रोबोटहरुको फुटवल प्रतिस्प्रधामा रोबोनट्स तथा कान्तिबिर समुह विजेता हुदै २० हजार नगदसहित सिल्ड प्राप्त गरेका छन । त्यसैगरी फाइनलमा एडभान्स रोबो क्लब पहिलो रनरअप भएको छ, जसलाई सात हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र र आकर्षक गिफ्ट प्रदान गरिएको छ ।

यसअघि विराटनगर, बुटवल र नारायणगढमा सम्पन्न भइसकेको मेला काठमाण्डौंमा विशेष सफल रहेको आयोजकले बताएको छ ।

विद्यार्थीेहरुका प्रोजेक्टहरुमध्ये एनसिआइटी कलेजका विद्यार्थीहरुले बनाएको स्मार्ट होम नामक प्रोजेक्टले बेस्ट स्टुडेन्ट प्रोजेक्ट अवार्ड जितेको थियो । विजेताहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव विरेन्द्र मिश्र तथा प्रेसिडेन्टियल कलेजका अध्यक्ष लक्ष्मण केसीले पुरुस्कार प्रदान गरेका थिए ।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको एग्रिकल्चर ड्रोनको विशेष आकर्षण थियो । शम्भु शिवाकोटी लगायतको समुहले तयार पारेको ड्रोनले खेतीको लागि पानी सिचाई गर्न सक्छ । यसैगरी नेपालीहरुले नै तयार पारेको रकेट, नास्टको नानो सेटेलाइटको विशेष प्रदर्शनी गरिएको थियो ।

मेलामा ५ हजार भन्दा बढिले अबलोकन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here