जोजिबिनी तुन्जीको मिस अफ्रिकन यात्रा

जोजिबीनी तुन्जीको मिस अफ्रिकनको यात्रा सन् २०१७ बाट नै सुरु भएको थियो । तुन्जी सन् २०१७ को मिस युनिभर्सको टप २६ सम्म पुगेकी थिइन् । उनी टप १२ बाट भने आउट भएकी थिइन् ।

तुन्जी सन् २०१९ जुन २६ तारिखमा मिस अफ्रिका २०१९ मा दोस्रो पटक गईन् । र उनी पहिलो चरणको टप ३५ मा परिन् । र पछि टप १६ मा पनि परिन् । क्रमश टप १०, ५ गर्दै टप २ मा पनि परिन् तुन्जी ।

तुन्जी र साशा-ली ओलिभियर दुई जना फाइनलमा थिए । र मिस अफ्रिका २०१९ को ताज तुन्जीले जितीन् ।

मिस युनिभर्स यात्रा

तुन्जी सन् २०१९ को नेबेम्बरमा जर्जियाको एटलान्टा शहर आइन् । उनले डिसेम्बर ८ मा सबै काम सकिन् र उनी मिस युनिभर्सको टप २० मा परिन् । यो सेमिफाइनल थियो ।

उनी क्रमश टप १०, ५ गर्दै टप ३ मा परिन् । उनीसंग टप ३ मा प्रतिस्पर्धीको रुपमा फाइनलमा पुएर्टो रिको देशकी म्याडिसन एन्टरसन र मेक्सिकोकी सोफिया एरागेन थिइन् ।

म्याराडिसन र सोफियालाई पछि पार्दै तुन्जीले मिस युनिभर्स २०१९ को ताज जितीन् । उनी कर्ली कपाल भएको पहिलो युवती हुन् जसले मिस युनिभर्सको ताज जितीन् ।

फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

तुन्जीले फाइनलमा दिएकी अभिव्यक्तीः

‘मलाई लाग्छ वर्तमान समयको सबैभन्दा ठुलो र महत्वपुर्ण कुरा केटीहरुमा नेतृत्वदायी भुमिकाको विकास गर्नु हो । आजपनि विभिन्न कारणहरुले गर्दा महिला र युवतीहरु पुरुषको तुलनामा धेरै पछि परेका छन् । हामीलाई पछि पार्नमा सबैभन्दा मूख्य भुमिका हाम्रो समाजको नै छ ।

मलाई लाग्छ हामी संसारकै सबैभन्दा शक्तिशाली प्राणी हौं, त्यसकारण आफ्ना भर्खरका साना नानीहरुलाई हरेक प्रकारको शिक्षा उपलब्ध गराउनुपर्छ, जसले यो समाजमा आफ्नो स्थान र अस्तित्व बनाइराख्नमा र उनीहरुलाई बलियो बनाईराख्नमा सहयोग गर्छ, धन्यवाद ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here