प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ पुस । सोमवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

आइतवार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ३०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले बढ्यो ।

आइतवार प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्यो ।

आइतवार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार प्रतितोला ५ रुपैयाँ बढ्दै ८ सय ६० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here