पत्रकार खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको फैसला

काठमाडौं , ७ पुस । साउदी अरबको अदालतले पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ।
सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएकोमा मुद्दा दायर गरेका थिए। संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’को संज्ञा दिएका थिए।

खसोग्गीको हत्यामा राजपरिवारको संलग्नता भएको आरोप लागेको थियो तर साउदीले त्यसलाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्ट’हरूले गरेको आरोप लगाएको थियो।

तर, सीआईले भने राजकुमार सलमानको आदेशमा हत्या गरिएको बताइएको थियो । तर, रियादले भने राजकुमारको हत्यामा कुनै संलग्‍नताको विषयमा अस्वीकार गरेको छ ।