पुष्पा बस्नेत दशककै प्रेरणादायी व्यक्तित्व

कठमाडौं, ८ पुस । पुष्पा बस्नेत दशककै सबैभन्दा प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन् । सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् ।

गोलकास्ट डटकमले सार्वजनिक गरेको प्रेरणादायी व्यक्तित्व बस्नेतले जेलमा रहेका आमा-बुबाको सन्तानहरुलाई रेखदेखका साथै शिक्षा दिक्षा दिँदै आएकी छिन् । उनले नेपालमा आएको २०७२ बैशाख १२ को भुकम्पले भत्काएको विद्यालयको पनि पुन: निर्माण गरेकी थिइन् ।

गोलकास्ट डटकमले सार्वजनिक गरेको प्रेरणादायी व्यक्तित्वको सूचीमा सुर्खेतकी म्यागी डोयन पनि परेकी छिन् । उनले त्यहाँ बालगृह सञ्चालन गरेकी छन् । एक नम्बरको सूचीमा परेकी पुष्पा बस्नेतलाई गोलकास्ट डटकमले आश्चर्यजनक मानवको संज्ञासमेत दिएको छ ।

यो नतिजाले आमाबुबा जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन अझ उत्प्रेरणा जागेको बस्नेतले प्रतिकृया दिएको गोलकास्ट डटकमले उल्लेख गरेको छ । बस्नेतले सन २०१२ मा सिएनएन हिरो र सन २०१६ मा सिएनएन सुपर हिरोको अवार्ड जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here