ट्रकको ठक्करबाट छोरालाई स्कुल पुर्‍याउन गएका बावुको मृत्यु

काठमाडौं, ८ पुस । काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले चन्द्रागिरि नगरपालिका ७ चेकपोस्टका मोटरसाइकल चालक ४१ वर्षका अर्जुनबहादुर केसीको मृत्यु भएको छ।

कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पर्वत ठूलोपोखरी घर भएका भई चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको छ। केसीको शव अहिले सडकमै छ। मोटरसाइकलको पछाडि बसेका उनका छोरा सामान्य घाइते छन्।

प्रहरी बिहानै घटनास्थल पुगे पनि मोटरसाइकललाई ठक्कर दिएर भागेको ट्रक समाउन सकेको छैन। ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार पनि काठमाडौंको गुर्जुधारामा बसको ठक्करबाट एकजना विद्यार्थीको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here