उपेन्द्र यादवले सरकार छाड्ने

काठमाडौं,८ पुस । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको थियो ।

यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए पछि यादव रुष्ट बनेका थिए ।

यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here