ललितपुर महानगरमा रोजगारी खुल्यो, ५० जना नगर प्रहरी माग

ललितपुर, ९ पुस । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको नगरकार्यपालिकाको निर्णय अनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

महानगरको व्यवस्थापन र सुरक्षाका लागि माग गरिएको नगर प्रहरीमा पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ ।

दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ । आवेदन दिनेहरुका लागि ८ कक्षा पास गरेको र १८ देखि ३५ वर्ष उमेर भित्रको हुनुपर्ने छ ।

पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ।

इच्छुकहरुले पुस २३ गतेसम्म महानगरपालिकाको राजस्व प्रशासन महाशाखा पुल्चोकमा आवेदन पेश गर्नुपर्ने जनाइएको छ ।
आवश्यक न्यूनतम योग्यता :

– शैक्षिक योग्यता : कम्तीमा ८ (आठ) कक्षा वा सो सरह उत्तीर्ण गरेको ।
– नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।
– राजनैतिक दलको सदस्य नरहेको ।
– भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
– शारीरिक रूपमा तन्दुरुस्त, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नरहेको र गम्भीर अङ्गभङ्ग नभएको स्वधोषणा गर्ने ।
– नेपाली नागरिक हुनुपर्ने छ ।

दरखास्त फारम महानगरको वेबसाइट lmc.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here