समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकारले गुमायो दुई तिहाइ

काठमाडौं, ९ पुस । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ। यसअघि राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारको दुई तिहाइ बहुमतको रहेको थियो। अब भने बहुमतमा मात्र सीमित भएको हो।

समाजवादीका एक नेताका अनुसार पार्टीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ। समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि भावी योजनाबारे केही बोलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here