रक्सी भन्दा चुरोट बढी खतरनाक,कति चुरोट बराबर एक बोतल रक्सी ?

काठमाडौं । सामान्यतया अन्य बेला चुरोटको धुँवा नजिक आउँदा नाक थुन्नेहरु मदिरा पिउदा हातमा चुरोट सल्काउँदै धुँवा उडाउने गर्दछन् ।

तर व्रिटेनका अनुसन्धानकर्ताले मानवीय स्वास्थ्यका लागि मदिरा पिउदा चुरोट पिउनु सवैभन्दा बढि खतरनाक हुने प्रक्षेपण गरेका छन् । ७५० मिलिलिटर मदिरा पिउँदा ५ चुरोट पिउने ब्यक्तिलाई क्यान्सरको बढि खतरा हुने अनुसन्धानकर्ताले बताएका छन् ।

अनुसन्धानकर्ताका अनुसार रक्सी पिउनेहरुका लागि चुरोट पिउनु धेरै गुना खतरनाक हुने र त्यसकै कारण क्यान्सरको विरामी हु्ने बताएका छन् । यो जोखिम कम गर्ने एउटा मात्र उपाए छ, त्यो हो मदिरा पिउँदा चुरोट पिउन पूर्णरुपमा बन्द गर्नु, अनुसन्धानकर्ताले भनेका छन् ।

नेपालीहरुका लागि मदिराको कुनै लिमिट हुँदैन । तर अनुसन्धानकर्ताले एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु नहुने बताएका छन् ।

तीन लिटर बियर वा ६ गिलास वाइन मात्र एक सातामा पिउनु उपयुक्त हुने बताएका छन् । तर अस्वस्व्स्थ ब्यक्तिका लागि भने रक्सी पिउनु खतरा हुने बताएका छन् ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन् यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भनेपनि १० गुना क्यान्सरको समस्या रहन्छ । रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको बढि खतरा हुन्छ ।

एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ।

ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो।’ विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ।

र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो- चुरोटलाई पूर्णरूपमा त्याग्नु। सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन। यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर हो।

उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरमा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख छ। अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्- यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here