पैसाकै कारण जनमैत्रीमा आएका विद्यार्थीहरु फर्किनु पर्दैन्ः क्याम्पस प्रमुख ओझा

काठमाडौं, ९ पुस । पैसाकै कारण जनमैत्रीमा आएका विद्यार्थीहरु फर्किनु नपर्ने कुरा जनमैत्री बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले बताएका छन् ।

जनमैत्री क्याम्पसले क्यूएए (क्वालिटि असुरेन्सी एण्ड एक्रेडिटेशन) प्रमाणपत्र प्राप्त गरेसंगै बुधवार भएको पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख ओझाले पैसाकै कारण विद्यार्थी फर्किनु नपर्ने कुरा बताएका हुन् ।

‘हामी अहिलेपनि सस्तो पैसामा गुणस्तरीय शिक्षा दिईरहेका छौं’ उनले भने, ‘यदी यो पैसा पनि बढी लागेमा हाम्रो विभिन्न प्रकारका छात्रवृद्धि योजना मार्फत अध्ययन गर्न सकिने व्यवस्था छ, त्यसकारण पैसाकै कारण विद्ययार्थीहरु फकर्नु पर्दैन् ।’

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष डा. डिल्लीराम खनालले यो एक सुरुवात मात्रै भएको कारण अबको दिनमा क्याम्पसको कामलाई झनै व्यवस्थीत बनाउदै लाने बताए ।

‘यो एउटा सुरुवात मात्रै हो’ उनले भने, ‘हामी अबको दिनमा क्याम्पसको सेवा तथा सविधालाई अझै व्यवस्थित बनाउदै लैजान्छौं ।’

वि.सं. २०४७ सालमा स्थापना भएको जनमैत्री बहुमुखी क्याम्पसले पुस ७ गते विश्व विद्यालय अनुदान आयोग (युजीसी) मार्फत शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको थियो ।

जनमैत्रीमा हाल ६३ जिल्लाका १ हजार ५ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here