पर्यटकलाई सामूहिक नेवारी भोज खुवाईंदै

काठमाडौं, १० पुस । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्य पारेर काठमाडौंमा पर्यटकका लागि सामूहिक नेवारी भोजको आयोजना हुने भएको छ ।

भ्रमण वर्ष सचिवालयले निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको सहयोगमा पर्यटकका लागि सामूहिक नेवारी भोजको आयोजना गर्न लागेको हो ।

भोजका लागि स्थान उपलब्ध गराउन सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले काठमाडौं महानगरपालिकासँग आग्रह गरे ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बसन्तपुरलगायत उपयुक्त स्थानमा भोजको आयोजना गर्न स्थानको व्यवस्थापन गर्न महानगरपालिकाले सहयोग गर्ने जानकारी दिएका छन् ।

भ्रमण वर्षमा नेपाली परिकारको प्रवद्र्धन गर्न यस्तो कार्यक्रम आयोजन ागर्न लागिएको निजी क्षेत्रका पर्यटन व्यवसायीको भनाई रहेको छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । यसको तयारी अहिले तिव्रताका साथ भइरहेको छ ।

जनवरी १ तारीखको दिन पर्यटकलाई भोज खुवाउने तयारी गरिएको छ । भोजमा उक्त दिन काठमाडौंमा रहेका सयौं पर्यटकलाई एक साथ भोज खुवाउने तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here