नेपालबाट एक वर्षमा सवा अर्बको चाउचाउ निर्यात, कुन देशमा कति ?

काठमाडौं, १० पुस । नेपालबाट गएको एक वर्षमा १ अर्ब १६ करोड रुपैयाँ बराबरको चाउचाउ निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार १ वर्षमा नेपालबाट विभिन्न देशमा १ अर्ब १६ करोड रुपैयाँ बराबरको चाउचाउ निर्यात भएको हो । नेपालबाट विश्वका विकसित मुलुकमा पनि चाउचाउ निर्यात भएको देखिन्छ ।

नेपालले चाउचाउ निर्यातमा भारत र चीनको विशाल बजार उपयोग गर्न सकिने सम्भावना उच्च रहेको देखाएको छ ।

सबैभन्दा धेरै भारतमा निर्यात

तथ्यांक अनुसार नेपालबाट विकसित देशहरुमा पनि चाउचाउ निर्यात हुने गरेको छ । अमेरिका, चीन, जापान, बेलायत जस्ता देशहरुमा पनि नेपाली चाउचाउ निर्यात हबका रूपमा छन् ।

नेपालबाट सबैभन्दा धेरै भारतमा चाउचाउ निर्यात हुने गरेको छ । पछिल्लो १ वर्षमा नेपालबाट भारतमा ७९ करोड रुपैयाँ बराबरको चाउचाउ निर्यात भयो ।
सबैभन्दा धेरै चाउचाउ निर्यात हुने दोस्रो देशमा चीन रहेको छ । चीनमा गएको १ वर्षमा १५ करोड रुपैयाँको चाउचाउ निर्यात भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here