पुनर्निर्माणको प्रगती: निर्माण सम्पन्न ६९ प्रतिशत, अझै ३ खर्ब आवश्यक

काठमाडौं, १० पुस । भूकम्पपछिको पुनर्निर्माणको काम ४ वर्ष बित्दा ६९ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

विहिवार प्राधिकरण स्थापना भएको ४ बर्ष पुगेको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ वर्षमा ६९ प्रतिशत काम सम्पन्न भैसकेको बताए ।

यस अवधीमा विभिन्न ६ वटा क्षेत्रमा औसत ८३ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । ६ वटा क्षेत्रहरु निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण कार्य ६९ प्रतिशत सम्पन्न भएको छ भने १४ प्रतिशत पुन निर्माणको क्रममा छ ।

यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर बनिसकेका छन् । १ लाख ८९ हजार घर बनिरहेका छन् । यस अवधिमा २ खर्ब ९३ रुपैयाँ खर्च भइसकेको छ ।

गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । बाँकी काम पूरा गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

६२ प्रतिशत निजी आवाज निर्माण सम्पन्न

निजी आवासमा चार लाख ८२ हजार घर अर्थात् ८६ प्रतिशत प्रगति भएको छ भने २४ प्रतिशत घर बन्दै छन् । आवाससम्बन्धी चार लाख गुनासो सुनवाइ भएको प्राधिकरणले जनाएको छ ।

कुल ७ लाख ८० हजार १ सय ६५ वाट निजी निवास निर्माण गर्नुपर्नेमा हालसम्म ४ लाख ८२ हजार ३ सय २३ निजी निवास निर्माण सम्पन्न भईसकेका छन् भने १ लाख ८९ हजार ४१ निवास निर्माणको क्रममा छन् ।

७१ प्रतिशत विद्यालय पुनः निर्माण

प्राधिकरणको अनुसार गएको ४ वर्षमा विद्यालयको पुनर्निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको छ ।

कुल ७ हजार ५ सय ५३ क्षतिग्रस्त विद्यालयमध्ये ५ हजार ३ सय ८० वटाको निर्माण सम्पन्न भएको छ भने १ हजार ७ सय ८७ विद्यलय पुनः निर्माणको क्रममा छ ।

३ सय ८७ सम्पदाको निर्माण सम्पन्न

विभिन्न ३२ जिल्लाको ८ सय ९१ क्षतिग्रस्त सम्पदाहरुध्ये गएको ४ वर्षमा ३ सय ८७ वटा सम्पदाको पुन निर्माण सम्पन्न भईसकेको छ ।

यसका साथै १ सय २३ सम्पदाहरु पुनर्निर्माणको क्रममा छन् । चार सय १५ वटा सरकारी भवनमध्ये तीन सय ५९ वटा सम्पन्न भएको, सुरक्षा निकायका एक सय ८३ वटा भवन निर्माण सकिएको र ३२ वटा बन्दै गरेको पनि प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here