‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा भुवन, अनमोल, जिग्री र पाँडेको सहयोग

काठमाडौं, १० पुस । जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागी कलाकार भुवन केसी, अनमोल केसी, अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले सहयोग गरेका छन् ।

भुवन र अनमोलले ए.पि.वान. टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जितेका ३ लाख २० हजार रुपैयाँ र जिग्री र पाँडेले जितेका ८० हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका हुन् ।

चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य भईरहेको छ । जसको निर्माण खर्च ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here