यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं, १० पुस । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको १३ वटा निर्णय सार्वजानिक गरेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णय अनुसार शहीद गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा चन्द्रमणी अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई चार वर्षका लागि नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै सार्वजनिक खरिद नियमावली संशोधनका लागि स्वीकृति दिने निर्णय भएको पनि उनले बताए । साथै उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको मन्त्री बाँस्कोटाले जानकारी दिए । ‘न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here