सय जना यात्रु लिएर नुरसुल्तानका लागि उडेको विमान दुर्घटना

काठमाडौं, ११ पुस । ५ जना विमान चालक दलका सदस्य सहित १०० जना सवार विमान दुर्घटना भएको छ ।

शुक्रबार बिहान अल्माटी विमानस्थलबाट नुरसुल्तानका लागि उडेको विमान उडेको केहि बेरमै काजकिस्तानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।

बेक एयरको उक्त विमान उडेको बेला त्यस क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको प्रत्यक्षदर्शीले बताएका छन्। विमान कंक्रिटको पर्खाललाई छोएर दुई तल्ले भवनमा ठोक्किएको थियो।

दुर्घटना हुनुको कारण बारे अहिले केही सार्वजनिक गरिएको छैन। विमानस्थल प्रशासनले दुर्घटनाबारेमा अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here