सन् २०२० का सम्भावित विश्व घटना, कुन-कुनले चर्चा पाउलान् ?

काठमाडौं, १२ पुस । अबको केही दिनपछि अंग्रेजी नयाँ वर्ष सन् २०२० को सुरुवात हुँदैछ । यस अवस्थामा मानिसहरु सन् २०१९ को समिक्षा र २०२० को भविष्यवाणीमा व्यस्त देखिन्छन् ।

मानिसहरु समग्रमा सन् २०१९ मा कस्ता कस्ता छटनाहरुले विश्वभर चर्चा पाए र २०२० मा कस्ता घटनाले चर्चा पाउलान भन्ने विषयमा अनेक प्रकारका भविष्यवाणी भै रहेक छन् ।

यस्तो अवस्थामा सन् २०२० मा चर्चा हुन सक्ने केही यस्ता घटनाहरुको बारेमा हामी जानकारी दिँदै छौं । जुन निम्नानुुसार छन्ः

अमेरिकी चुनाव

अमेरिकामा हुने सन् २०२० को राष्ट्रपति चुनावको विषय अहिलेबाट चर्चा गर्नु असान्र्दभिक पनि हुन् सक्छ ।

ह्वाइट हाउसमा हाल रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम राष्ट्रपतिको रुपमा छन् । उनको विरुद्धमा महाअभियोग लगाउने प्रकृया जारी छ । यसका साथै डेमोक्रेटिकले पनि हालसम्म उम्मेदवार छानेको छैन् ।

यस अवस्थामा ट्रममाथि लागेका तमाम आरोप तथा महाअभियोगका कारण यसपटकको चुनावले व्यापक चर्चा पाउन सक्ने अनुमान गरिएको छ ।

किनकी अमेरिकामा हालसम्म एकपटक राष्ट्रपति बनेको व्यक्ति दोस्रो कार्यकालको लागि पनि छानिदै आएका छन् । तर ट्रम को भने चर्चा अलगै रहेको छ ।
अमेरिकामा सन् २०२० नोभेम्बर ३ तारिखमा राष्ट्रपतिको चुनाव हुँदैछ ।

एक नयाँ अरब क्रान्ती

सन् २०१९ को जुन महिनाको सुरुवात भएसंगै इराम, मिस्र र लेबनानमा विरोध प्रर्दशन भएको थियो जबकी पहिलो छ महिना अल्जेरिया र सुडानमा विरोध भएको थियो । यसलाई विश्लेषकहरुले ‘अरब क्रान्ती’ को नाम दिएका थिए ।

यस घटनालाई सन् २०११ को घटनासंग जोडेर हेरिएको थियो जसमा अरबका देशहरुमा विरोध भएको थियो । यस्तो अवस्थामा यी देशहरुमा विरोधको क्रम बढ्दै गएको कारण यहाँ एक नयाँ क्रान्तीको जन्म हुने र त्यसले विश्वभर नै चर्चा बटुल्ने बारेमा विश्लेषण हुन थालेको छ ।

नयाँ जीवको खोजी

हाम्रो सौर्य ग्रहभन्दा बाहिर अन्य ग्रहहरु पनि हुनु कुनै ठूलो कुरा होईन् । सन् १९९० देखि हालसम्म ४ हजार भन्दा धेरै ग्रहहरुको खोजी भईसकेको छ ।

१८ डिसेम्बरमा प्रक्षेपण गरिएको कीओप्स स्पेस टेलिस्कोपको माध्यमबाट यो क्षेत्रमा नयाँ ढोका खुल्न गईरहेको छ । यूरोपियन स्पेस एजेन्सीका अनुसार अबको तीन वर्षमा ४ देखि ५ सय सम्म नयाँ ग्रहहरुको खोजी रहने छ । जसमा जीवहरुको अस्तित्व रहने अनुमामन गरिएको छ ।

यो अन्तरिक्षायान नयाँ पुस्ताको लागि नयाँ जानकारी प्राप्त गर्नको लागि सहयोगि हुने बताईएको छ । सन् २०२१ मा नासाले जेम्स वेब टेलिस्कोप प्रक्षेपण गर्दै छ, यसको बारेमा पनि जानाकारी सुन्न सकिन्छ ।

हङकङ चुनाव

हङकङ चुनावमा चीन लगायत सारा विश्वको नजर रहने अनुमान गरिएको छ ।

ताइवानमा जनवरी ११ मा राष्ट्रपति चुनाव हुँदैछ । यो चीनको लागि नराम्रो खबरको रुपमा हेरिएको छ, कि एक सर्वेका अनुसार साई इंग—वेन दोस्रो पटक राष्ट्रपतिको रुपमा रहने अनुमान गरिएको छ ।

ओलम्पिक २०२०

सन् २०२० जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म जापानमा हुने ओलम्पिकको बारेमा २०२० चर्चा हुने अनुमान गरिएको छ ।

खासगरी साना उमेरका खेलाडीहरुको आगमन यसपटकको ओलम्पिकको चर्चाको कारण बन्ने अनुमान गरिएको छ ।

हालसम्म सन् १९३६ सालमा बार्लिन ओलम्पिकमा पदक जित्ने अमेरिकी १३ वर्षिय मार्जोरी गैस्ट्रिग सबैभन्दा सानो उमेरकी खेलाडी हुन् । यसपटक यो रेकर्ड पनि तोडीने अनुमान गरिएको छ ।

धेरै देशमा डेङगु निर्मुल

लामखुट्टेको टोकाईबाट हुने डेङगुको कारण सन् २०१८ मा विश्वभर ४ लाख भन्दा धेरै मानिसहरुले मृत्यु भएको थियो । यो राम्रो खबर हो की अब यो आकडामा धेरै कमी आएको छ । सन् २०२० सम्ममा धेरै देशबाट डेङगु निर्मुल हुँदैछ ।

विश्व स्वास्थ्य संगठनको अनुसार डेङ्गोको कारण खतराको सूचीमा रहेका ९१ देशमध्ये ३८ देशले डेङ्गो निर्मूल गरिसकेका छन् ।(बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here