काठमाडौंको तापक्रम ०.६ डिग्री

काठमाडौं, १२ पुस । काठमाडौंको तापक्रम ओरालो लाग्ने क्रम जारी रहेको छ ।

शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएको यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

यसअघि बिहीबार काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ थियो। शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here