‘स्टार्टअप विजनेश’मा बलिउड स्टार : अमिताभदेखि दिपिका पादुकोणसम्मको मालामाल कमाई

पछिल्लो समय जागिरभन्दा सानो नै सही आफ्नै व्यवसायमा हात हाल्नुपर्छ भन्ने यूवा जमात बढ्दो छ । खासगरी उदयमान अर्थव्यवस्था भएका मुलुकमा यस्तो ट्रेण्ड प्रारम्भ भएको हो ।

कतिसम्म भने खाइपाई आएको राम्रै नोकरी छाडेर पनि विजनेशमा लाग्ने मानिसहरु बढ्दैछन् । पछिल्लो समय बलिउड कलाकारको मोह स्टार्टअप विजनेशमा देखिएको छ ।
भारतीय मिडियाहरुका अनुसारले उल्लेख गरेका केही सफल स्टार्टअप विजनशको बारेमा आज हामी चर्चा गर्नेछौं, जो बलिउड कलाकारले लगानी गरेका हुन् :

1. यस सूचिमा अग्रपंक्तिमा आउने नाम हो दिपिका पादुकोण । उनले सन् २०१५ मा मुम्बईको एपीगामिया नामको स्टार्टअप विजनेशमा लगानी गरेकी थिइन । यो हेल्थ फूडमा आधारित विजनेश हो ।

2. पछिल्लो समय प्रियंका चोपडाले एक बंबल नामको डेटिङ एममा लगानी गरेकी छिन् । यो कम्पनी २०१८ मा स्थापना भएको हो । यो एप महिलालाई केन्द्रित गरी नाइएको हो । यसका कतिपय फिचर्स अहिले पनि भारतमा लोकप्रिय बनिसकेका छन् ।

3. यस सूचिमा अमिताभ बच्चन पनि पछाडी छैनन् । महानायक अमिताभले जिद्दु नामक एक स्टार्टअप विजनेशमा पैसा लगाएका छन् । यो एक क्लाउड सेवा प्रदायक कम्पनी हो । यस कम्पनीमा उनले मनग्य लगानी गरेका छन् ।

4. आमिर खानले समेत स्टार्टअपमा भविश्य देखेका छन् । उनले भाडामा फर्निचर दिने एक अनलाइन फारममा पैसा लगाएका छन् । सन् २०१७ मै उनले यसमा लगानी गरेका हुन् । उनले यस कम्पनीका करीव २ करोड भारु लगानी गरेका थिए ।

5. ऐश्वर्या राय पनि यस मामलामा कम छैनन् । उनले आफ्नी आमासँग मिलेर एम्बी नामको एक स्टार्टअप विजनेशमा पैसा लगाएकी छिन् । उनले यसको शुरुवात सन् २०१७ मा गरेकी हुन् ।

6. आयुष्मान खुरानाले समेत केही पैसा स्टार्टअपमा लगाएका छन् । उनले द म्यान कम्पनीमा लगानी गरेका छन् । यस कम्पनीले पुरुषका लागि सौन्दर्य सामग्रीको उत्पादन गर्छ । आयुष्मान आफै पनि यस कम्पनीको ब्राण्ड एम्बेस्डर बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here