पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्दै, मन्त्री नेम्बाङले गरे शिलान्यास

काठमाण्डौं, १२ पुस । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्ने भएको छ ।

कीर्तिपुर र तीनथाना जोड्ने पुल को भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सनिबार शिलान्यास गरेका हुन् । कीर्तिपुर, तीनथाना हुँदै चन्द्रगिरि जोड्ने यो मार्ग ऐतिहासिक बाटो हो । चन्द्रागिरी दहचोक हुँदै पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गर्न आउँदा यहिबाटो प्रयोग गरेका थिए ।

अर्को वर्ष मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो मोटरेबल पुलको २५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौढाइ रहेको छ । कीर्तिपुर तीनथाना सडक खण्ड स्थित बल्खु खोलामा निर्माण प्रारम्भ गरिएको यो पुल रु. ३ करोड, ४४ लाखमा सम्पन्न हुनेछ ।

शिलान्यासपछि मन्त्री नेम्बाङले पुर्खाले बनाएको ऐतिहासिक पुलको ठाउँमा पक्की पुल निर्माण सुरु गरेको बताए ।

‘ऐतिहासिक पुर्खाले निर्माण गरेको पुरानो पुलको ठाउँमा नयाँ पुलको शिलान्यास गर्न सफल भएका छौ । सरकार यस्ता सानादेखि ठुलाठूला धेरै पुलहरुको निर्माण गर्न चाहन्छ । यो आर्थिक बर्ष भित्र मात्र ३ सय पुल निर्माण हुँदैछ,’ उनले भने ।

योजनाहरु अघि बढाउन कानुनी अप्ठ्याराहरु संशोधन प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले विकास निर्माण सबैको साझा एजेण्डा भएको पनि बताए ।

विकास निर्माण सबैको साझा एजेण्डा भएकाले सबै जनप्रतिनिधि, सबै संघसस्था, सबै स्थानीय बासिन्दाहरुले सहयोग र खबरदारी गरेर समयमै पुल निर्माण सम्पन्न हुने उनको भनाइ थियो ।

धुवाँ धुलोको मुख्य समस्या रहेको राजधानीका चाबहिल–गौशला सडक खण्डको निर्माण ६ महिना भित्र सम्पन्न हुने उल्लेख गर्दे काठमाण्डौसंग जोड्ने नुवाकोट नगरकोट, थानकोट हेटौडा जाने बाटो पनि तीब्र ढंगले निर्माण कार्यलाई अघि बढाएको मन्त्री नेम्बाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here