नेकपाको निर्णयः प्रदेश ३ को नाम बागमति , राजधानी हेटौंडा

काठमाडौं, १३ पुस । नेकपाले प्रदेश ३ को नाम बागमति र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान नेकपा सचिवालयमा बसेको बैठकले प्रदेशको नाम बागमति र राजधानी हेटौंडा नै कायम गर्नेगरी निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुईतिहाई भएपनि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बागमति कुन राख्ने भन्नेमा नेकपामा कुरा मिल्न सकेको थिएन् ।

त्यस्तै, राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपामा नै बिबाद थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here