धरौटी बुझाएर जगदगुरु श्री रामकृष्णाचार्य महायोगी ‘सिद्धबाबा’ रिहा

सुनसरी, १४ पुस । बलात्कारको आरोपमा पक्राउ परेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

धरौटीमा रिहा गर्न अदालतले आदेश दिएसँगै तीनलाख अदालतमा बुझाएर सिद्धबाबा रिहा भएका हुन् ।

सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।