भ्रमण वर्ष सफल पार्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नेपाल भ्रमणवर्ष सफल पार्न निर्देशन दिएको छ ।

मंगलवार एक विज्ञप्ती जारी गर्दै आफ्ना वेभसाईट र सामाजिक सञ्जालहरुमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लोगो राख्न निर्देशन दिएको हो ।

यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्रगत प्रमुख पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरुलाई सहजको लागि शौचालय, डस्टविन, पिउने पानी तथा विश्रामस्थल निर्माण जस्ता कार्यमा सहभागी हुन पनि निर्देशन दिएको छ । सरकारले बुधवार नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here