भ्रमण वर्षमा घुम्ने उपत्यका नजिकको पर्यटकीय गन्तव्य कालिञ्चोक (फोटो फिचर)

काठमाडौं, १६ पुस । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख(पुस १६ गते) देखि सुरुवात भईसकेको छ ।

सरकारले विशेष कार्यक्रम गरेर औपचारीक रुपमा नै भ्रमण वर्षको उद्घाटन गर्दैछ ।

भ्रमण वर्षमा मानिसहरु विभिन्न स्थानमा घुम्न जाने योजना बनाईरहेका हुन्छन् । यसै सन्दर्भमा काठमाडौंमा व्यस्त जीवन बिताईरहेका मानिसहरुलाई धेरै लामो समयको लागि बिदा नहुने समस्या पनि हुन्छ । यस्तो अवस्थामा काठमाडौबाट नजिकको दुरीमा पर्ने तथा भ्रमण वर्षमा घुम्ने एक उत्कृष्ट गन्तव्य कालिञ्चोक हुन् सक्छ ।

कसरी पुग्न सकिन्छ कालिञ्चोक

कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौंदेखि चरिकोट १ सय ३२ किलोमिटर पर्छ भने सदरमुकाम चरिकोटबाट १५ किलोमिटर उत्तर कालिञ्चोक गाविसमा अवस्थित यो मन्दिर समुन्द्री सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाईमा छ ।

कालिञ्चोक रहेको भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ ।

चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म मोटरबाटो बनेको छ । जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ ।

कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती भएको स्थानमा पुग्न सकिन्छ । कालिञ्चोक अर्को विशेषता भनेको पानी पर्दा र मौसम चिसो हुने बित्तिकै हिउँ पर्न शुरु हुन्छ ।

कालिञ्चोक डाँडाबाट रोल्वालिङ हिमश्रृङखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुराको भाले, फापरको डिँढो, गुन्द्रुक लगायत विभिन्न खानाका परिकारहरु पनि विशेष हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here