एनआईसी एशिया बैंक र तिनाउ हस्पिटलबीच सम्झौता

काठमाडाैं, १७ पुस । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच एनआईसी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा छुट दिने सम्झाैता भएकाे छ ।

अस्पतालमा बैंककाे डेबिट एवं क्रेडिट कार्डबाट सम्पूर्ण सेवा सुविधाहरूमा दशदेखि पन्ध्र प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक विमलप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here