प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला

काठमाडौं, १७ पुस । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा विश्वराम तिमिलाको नियुक्त भएका छन् ।

बीमा समितिले तिमिलाको नियुक्ती बिहीबार स्वीकार गरेको हो । यस अघिका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्तिक मसान्तदेखि कार्यकाल समाप्त भए पछि कम्पनी उक्त पद रिक्त थियो ।

कम्पनी संचालक समितिले ३ साताअघि तिमिलालाई सीइओ नियुक्ति गर्ने निर्णय सहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो ।

बीमा क्षेत्रमा करिब ४ दशक बिताएका उनी यस अघि नेको इन्स्योरेन्सको सीईओ थिए । नेको इन्स्योरेन्सका सीईओबाट अवकाश पाएका उनी ६ महिनाको कुलिङ्ग पिरियड सकिएपछि प्रिमियरमा प्रवेश गर्न लागेका हुन् ।

सन् १९८१ मा भारतीय बीमा कम्पनीको रुपमा नेपालमा सञ्चालित ओरियन्टल इन्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन्।

सन् १९९६ मा सिनियर म्यानेजरको रुपमा नेको इन्स्योरेन्स प्रवेश गरेका थिए । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here