शेयर बजारः नेप्से साढे ३ अंकले घट्दा ५३ करोडको कारोबार

काठमाडौं, १७ पुस । साताको अन्तीम दिन शेयर बजार ओरालो लाग्दै कारोबार बन्द भएको छ । विहिवार नेप्से परिसूचक ३.२९ अंकले घटेर १ हजार १ सय ६६.२१ अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.१० अंकले घटेर २ सय ५२.१८ अंकमा झरेको छ ।

विहिवार उत्पादन तथा प्रशोधन, लघुवित्त र जलविद्युत समुहको सूचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो । विहिवार सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक बढ्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक १.७४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटल समुहको सूचक ३.६६ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको १.८० प्रतिशत घट्यो भने अरु समुहको सामान्य अंकले घट्यो ।

विहिवार कारोबारमा भने केही सुधार देखिएको छ । आज १ सय ७० कम्पनीको १६ लाख ६० हजार ४ सय ६ कित्ता शेयर किनबेच हुँदा ५३ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै जोशी जलविद्युत विकास कम्पनीका शेयर धनीले कमाए । जोशी जलविद्युतको शेयर मूल्य ८.३३ प्रतिशत बढ्यो । त्यस्तै, नेपाल शिव लघुवित्त वित्तीय संस्थाको ७.६८ प्रतिशत, यूनियन हाइड्रोपावरको ७.५५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हाइड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट तथा डेभलभमेन्ट कम्पनीका शेयर धनी छन् । हाइड्रोइलेक्टीसिटी शेयर मूल्य ७.५८ प्रतिशत घट्यो । त्यस्तै, ओरन्टीयल होटलको ५.२१ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टका कम्पनीले गर्यो । कम्पनीले ९ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here