राष्ट्रिय सभा उम्मेदवारमा नारायणकाजीदेखि बेदुरामसम्म, कुन प्रदेशबाट को ?

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले टुंगो लगाएको हो ।

नेकपाका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेदवार बनेका छन्। श्रेष्ठ गण्डकी प्रदेशका तर्फबाट उम्मेद्वार बनेका हुन्। त्यस्तै नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल पनि राष्ट्रिय सभामा आउने भएका छन्।

राष्ट्रिय सभामा निर्वाचनको लागि माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादी पार्टीका १ र एक जना सरकारबाट मनोनित सदस्यको कार्यअवधि २१ फागुनमा सकिदैछ

राष्टिय सभामा नेकपाका उम्मेदवारहरु

प्रदेश १

इन्दु गौतम (महिला)
गोपी अछाम दलित
देवेन्द्र दाहाल अन्य

प्रदेश २ मा

तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)

प्रदेश ३ मा

गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल (अन्य)

गण्डकीवाट

नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)

प्रदेश ५

विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)

कर्णालीमा

मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)

सुदुरपश्चिममा

तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here