चेम्बरको कतारका लागि अवैतनिक प्रतिननिधिमा चम्लागाई

काठमाडौं, १८ पुस । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यावसायीक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारवीच द्धिपक्षिय आर्थिक, व्यापारीक, लगानी र पर्यटन प्रवर्द्धनमा ठोस टेवा पुग्ने अपेक्षा गरेको बताए ।

त्यस्तै चेम्बरले उनको लामो व्यावसायीक शीप र अनुभवबाट द्धिपक्षीय आर्थिक वृद्धिमा भूमिका महत्वपूर्ण हुने अपेक्षा गरेको छ । चम्लागाई उड्ल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज (कतार) का प्रबन्ध निर्देशक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here