लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको सूचि तयार

काठमाडौं, १८ पुस । लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारिएको जनाएको छ।

ती मध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भएको बोर्डले जनाएको छ।

यसका साथै बोर्डले प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणमा समेत समझदारी भएको जनाएको छ।

यसका साथै विराटनगर, विरगंत तथा भैरहवामा निर्माण निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनको लागि दुई छुट्टाछुट्टै कम्पनीहरुसंग सहमती पत्रमा हस्ताक्षर भएको पनि बोर्डले बताएको छ ।

बोर्डका अनुसार १० अर्ब ५४ करोड रूपैयाँको गाडी एसेम्बल्डका लागि लगानी प्रतिवद्धता गरेको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ।

त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रूपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार प्रस्ताव आव्हान नगरिएका १५ मध्ये १० वटा परियोजनाहरु कार्यान्वायनको लागि अध्ययनको चरणमा रहेको छ भने सम्मेलनमै हस्ताक्षर भएको १६ वटा साझेदारीमा समेत काम भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here