ह्वासिन नारायणी सिमेन्टको उत्पादन २०२० भित्रै बजारमा

काठमाडौं, १९ पुस । सबैभन्दा ठूलो वैदेशिक लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा निर्माण भैरहेको ह्वासिन नारायणी सिमेन्टले सन् २०२० भित्रै आफ्नो उत्पादन बजारमा ल्याउने भएको छ ।

दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग सन् २०२० को जनवरी सम्ममा निर्माण सक्ने लक्ष्य राखेको छ । सञ्चालनमा आएसँगै ह्वासिन नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेन्ट उद्योग बन्नेछ ।

उद्योगमा चिनिया कम्पनी हुवानको ८५ प्रतिशत र सुरज वैद्यको वैद्य समूहको १५ प्रतिशत लगानीमा ह्वासिन सिमेन्ट नारायणी प्रालिको रहेको छ ।

त्यस्तै सन् २०१८ बाट व्यावसायिक उत्पादनको सुरुवात थालेको होङ्सी सिमेन्टले दोस्रो चरणको उत्पादन योजनाको लागि आवश्यक तयारी सुरु गरेको छ ।

नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा मुलुककै नमुना उद्योगका रूपमा रहेको होङ्सीले दोस्रो चरणको उत्पादन योजनाको लागि आवश्यक तयारी सुरु गरेको लगानी बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here