धेरै जाडो भएको अनुभव हुन्छ ? ख्याल गर्नुहोस्… !

काठमाडौं । के तपाईंलाई पनि सामान्य भन्दा धेरै जाडो भएको अनुभव हुन्छ ? यो पनि एक प्रकारको शारिरीक समस्या नै हो ।

जाडोयामको समयमा काठमाडौंको तापक्रम १ डिग्रीको आसपास समेत आईपुग्ने गरेको छ । बिहान बेलुकाको समयमा जाडो बढि हुन्छ ।

जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदि यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने तपाईंंको स्वास्थ स्थिति असामान्य छ भन्ने कुरा बुझ्नुपर्छ ।

तरपनि हाम्रो शरीरमा भएका केही समस्याको कारण हामीलाई सामान्य भन्दा धेरै जाडो अनुभव हुन्छ । कतिपय मानिसहरुलाई ज्याकेट लगाउँदा पनि चिसो भएको अनुभव भईरहेको हुन्छ ।

यस्ता छन् सामान्यभन्दा धेरै चिसो हुनुका कारणहरुः

थाइराइडको समस्या

थाइराइले हर्मोनले शरीरको तापक्रम नियन्त्रण गर्ने काम गर्छ । हाम्रो शरीरमा थाइराइडको कमी हुँदा हाम्रो शरीर आवश्यक रुपमा तातो हुँदैन् । जसको कारण ज्याकेट लगाउदाँ पनि चिसो अनुभव हुन्छ ।

बढ्दो उमेर

बढ्दो उमेरको कारण पनि सामानय भन्दा धेरै चिसो अनुभव हुन्छ । खासगरी ६० वर्ष कटेपछि मानव शरीरमा मेटाबोलिज्म सुस्त हुने भएको कारण शरीरमा तापक्रम कम उत्पन्न हुन्छ ।

खानपान

तातो खानेकुराहरु, सुख्खा फलफुल, चिया, मांसाहारी खानाहरु तथा बदामहरु खाएमा शरीरको तापक्रम बढ्ने भएको कारण चिसो अनुभव हुँदैन् भने यसको विपरीत चिसो पदार्थहरु, दही, आईसक्रिम तथा तरकारी र जुसहरु खाएमा चिसो अनुभव हुन्छ ।

गर्भावस्था

गर्भावस्थामा महिलाहरुमा एनीमिया र रक्त सञ्चारमा विभिन्न प्रकारका समस्याहरु हुने कारण चिसोको अनुभव धेरै हुनछ । विशेषगरी यस्तो अवस्थामा हात र खुट्टामा सबैभन्दा धेरै चिसो भएको अनुभव हुन्छ ।

तनाव र चिन्ता

जो मानिसहरु चिन्ता वा डिप्रेशनमा हुन्छन् उनीहरुलाई आवश्यकता भन्दा धेरै चिसो भएको अनुभव हुन्छ । यस्तो अवस्थामा मस्तिष्कले पूर्ण रुपमा काम गर्न सक्दैन् जसको कारण धेरै चिसो अनुभव हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here