निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमै उपयुक्त छ ,क्षति कम गर्ने उपाय खोजौंः साझा पार्टी

काठमाडौं, २१ पुस । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हालको ठाउँ नै उपयुक्त भएको साझा पार्टीले बताएको छ ।

सोमवार एक दस्तावेज प्रस्तुत गर्दै पार्टीले विमानस्थल निर्माणको लागि हालको प्रस्तावित ठाउँ नै उपयुक्त भएको बताएको हो ।

‘ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ। त्यसमा हामी प्रष्ट छौँ।’ दस्तावेजमा भनिएको छ, ‘काठमाडौ, पोखरा या भैरहवाले अब अन्तर्राष्ट्रिय ट्र्याफिक धान्ने अवस्था छैन।’

पार्टीले सरकारले विभिन्न भिन्दाभिन्दै अन्तर्राष्ट्रिय कम्पनीहरुको गरेको तीनवटा सर्वेक्षणले पनि विमानस्थलका लागि हालको ठाउँ नै सबैभन्दा उपयुक्त भएको देखाएको कारण यसमा सहमती जनाएको बताएको छ ।

वातावरण तथा वनजंगलको कम क्षति हुने गरी विमानस्थल निर्माण गर्नुपर्नेमा पनि पार्टीले जोड दिएको छ ।

‘संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर वनजंगल र स्थानीय वातावरणमा कम क्षति हुने गरी विमानस्थल निर्माण गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।’ पार्टीले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here