पर्यटनमन्त्री भट्टराई सहितको र्‍यालीलाई अष्ट्रेलियामा रोक

काठमाडौं,२२ पुस । भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको र्‍यालीलाई सिड्नी सुरक्षाकर्मीले रोकेको छ।

अष्ट्रेलियाको सञ्चार माध्यमहरुले जनाए अनुसार पूर्वअनुमति नलिएको र्‍याली व्यवसायीक लाभका लागि मात्रै भएकोले रोक लगाइएको हो।

डढेलाेको समस्या झेलिरहेको अष्ट्रेलियामा यही बेला नेपाल भ्रमण वर्षको प्रचारप्रचारका लागि नेपालबाट उच्चस्तरीय भ्रमण गर्न नहुने सुझाव आएपनि
अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई केही दिन अगाडि अस्ट्रेलिया पुगेका थिए ।

र्‍यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, नेपालस्थित केही सरकारी कर्मचारी र अन्य गैरआवासीय नेपालीहरुको सहभागिता थियो।

अनुमतिबिना र्‍याली निकाल्दा पैदलयात्रीलाई असर पर्ने भएकाले त्यसमा रोक लगाइएको अष्ट्रेलियन प्रहरीको दाबी छ। र्‍यालीको संख्यासमेत पनि धेरै हुँदा यसले पैदल यात्रुलाई असर पर्ने कारणसमेत जनाइएको थियो।

आज सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। उद्घाटन अघि र्‍यालीको आयोजना गर्न लागिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here