ब्यापार मेलामा १ लाख २५ हजार दर्शक, १६ करोडको कारोबार

काठमाडौं, १८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको अन्तरराष्ट्रिय ब्यापार मेलामा १६ करोडको कारोबार भएको छ ।

चैत १४ गते शुरु भई १८ गते सोमबारसम्म आयोजना गरिएको आठौं संस्करणको सो मेलामा १ लाख २५ हजार दर्शक सहभागी भएको आयोजकले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सो मेलामा चीनका ९०, बंगलादेशका ४०, भारतका १०, पाकिस्तानका २ र नेपालका ८३ स्टलहरु रहेका थिए ।

मेला अवधिमा नेपाली र चिनियाँ व्यवसायीवीच कृषि क्षेत्रमा संयुक्त लगानीका लागि विभिन्न नौ वटा क्षेत्रमा सहकार्य गर्ने बारेमा सहमतीपत्रमा हस्ताक्षर भएको छ । साथै दुवै देशवीच व्यवसायिक भेटवार्ता समेत सम्पन्न भएको छ । मेलाको नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुले अवलोकन गर्नुका साथै नेपाली निर्यातयोग्य वस्तुहरुको खरिदमा चासो दिएका थिए ।

मेलामा हस्तकलाका उत्पादन र एनटीआइएस प्रोडक्ट प्रमुख आकर्षणका रुपमा रहेका थिए भने हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू रहेका थिए ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरेको महासंघले बताएको छ । राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुगेको विश्वास महासंघको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here