सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु

एजेन्सी । अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । घटनमा ४८ भन्दा बढी घाइते भएका छन् ।

इरानको स्थानीय टेलिभिजन जनाए अनुसार मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो। शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए।

सुलेमानीलाई पूर्व सैन्य प्रमुख इनायतोल्लाह तालेबिज्दाह र मोहम्मद हुसैन युसुफ इलाही गाडिएको ठाउँको बीचमा अन्तिम संस्कार सहित गाडिने जनाइएको छ। ती दुई सैन्य प्रमुख सन् १९८० ताका इरान-इराक युद्धमा मारिएका थिए। सुलेमानी पनि उक्त युद्धमा सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here