महिला उद्यमीले पाए १ अर्ब ५ करोड सहुलियत कर्जा

काठमाडौं, २२ पुस । महिला उद्यमशील कर्जामा बैंक तथा वित्तीय संस्थाले १ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन् ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याएको कर्जा १ हजार ६ सय ७५ जना महिला उद्यमीले पाएका छन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक मसानन्तसम्मा महिला उद्यमशील समहुलियत कर्जा लिने महिलाको संख्या अरूभन्दा धेरै प्रभावकारी देखिएको छ । भदौ सम्म १ हजार १ सय २१ जना महिला उद्यमीले सहुलियत दरको उद्यमशील कर्जा पाएका थिए ।

सहुलियत कर्जा लिने कुल २० हजार ८ सय ६९ ऋणीहरुमध्ये महिला उद्यमशील सहुलियत कर्जामा वाणिज्य बैंकहरुले सबैभन्दा धेरै लगानी गरेका छन् ।

वाणिज्य बैंकले मात्रै १ हजार ६ सय ६० महिला ऋणीलाई १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । विकास बैंकबाट पनि कात्तिक मसान्तसम्ममा १३ ऋणीलाई १ करोड ८ लाख ६१ हजार रुपैयाँ लगानी भएको छ ।

यसका साथै वित्तीय संस्थाहरु फाइनान्सले पनि महिला उद्यमशीलतामा लगानी गरेका छन् । बैंकको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा २ जना ऋणीलाई २३ लाख ९४ हजार रुपैयाँ बराबरको लगानी फाइनान्सले गरेको छ ।

यो कर्जामा सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिन्छ । बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा महिलाले पाँच प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्नुपर्छ ।

महिलालाई पनि उद्योग क्षेत्रमा समावेश गर्ने उदेश्यले सरकारले वि.सं. २०७५ सालबाट नै ‘समहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधी २०७५’ ब्याज अनुदानको कार्यक्रम ल्याएको थियो । हालसम्म पनि यो क्षेत्रमा अपेक्षा गरिएको अनुसार काम हुन सकेको पाईदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here