सुलोमानी हत्या प्रकरण: अमेरिकी सैनिक क्याम्पमा इरानको मिसाइल आक्रमण

काठमाडौं, २३ पुस । अमेरिकी सैनिक शिविरमा इरानले आक्रमण गरेको छ । इराक स्थित अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ।

आफ्ना सैन्या कमाण्डर कासिम सुलोमानीको हत्याको बदला लिन अमेरिकी क्याम्पमा आक्रमण गरिएको इरानले बताएको छ । अमेरिकाले पनि इराकस्थित आफ्नो सैन्य क्याम्पमा इरानले आक्रमण गरेका स्विकार गरेको छ ।

इरानको सरकारी टेलिभिजनमार्फत पहिलोपटक आक्रमणको समाचार प्रसारण भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै इरानले रकेट आक्रममण गरेको र अब अमेरिका चुप लागेर नबस्ने घोषणा ट्वीटर मार्फत गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here